टिका पुनको एकल आवाज रहेको ‘माया छैन र’ सार्वजनिक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

टिका पुनको एकल आवाज रहेको ‘माया छैन र’ सार्वजनिक


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । कर्णप्रिय आवाजकी धनी गायिका टिका पुनको नयाँ गीत सार्वजनिक भएको छ । गायिका पुनको एकल आवाज रहेको ‘माया छैन र’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीत गायिका पुनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हिजो मात्र सार्वजनिक गरिएको गीतले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । लामो समयदेखि निरन्तर गीतसंगीतमा लागेकी गायिका पुनले थुप्रै गीतहरूमा आफ्नो आवाज दिइसकेकी छिन् । कुनै समय लोक गीतसङ्गीतमा एक छत्र राज गरेकी पुनका धेरै जसो गीतहरु हिट भएका छन् । यो गीतलाई पनि दर्शकले मन पराइदिनेमा उनी आशावादी छिन् ।

छैन र माया छैन र
जुनीभरि साथ दिन्छु भन्थेउ हैनर
माया छैन र

एक माया गर्ने जोडी जसले जुनीभरि सँगै साथ बिताउने भनेर एक अर्काको हुन्छन् । तर आफूले माया गर्ने मान्छेले नबुझेको खण्डमा छुटिनु पर्दाको पिडालाई देखाउन खोजिएको छ ।

उक्त गीतमा प्रशान्त पौडेलको शब्द तथा सङ्गीत रहेको छ भने महाराज थापाको एरेञ्ज रहेको छ । गीतमा अनिल कृष्ण मानन्धरको निर्देशन तथा छायाङ्कन रहेको छ भने श्याम कुवरको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ:

Tags :
प्रतिक्रिया दिनुहोस