ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दा सुनुवाइ हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दा सुनुवाइ हुँदै


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सोमबार सुनुवाई गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो ।

उनीहरु दुवै जनामाथि पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस