राष्ट्रपति भण्डारी समक्ष तीन आयोगले बुझाए वार्षिक प्रतिवेदन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपति भण्डारी समक्ष तीन आयोगले बुझाए वार्षिक प्रतिवेदन


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन वटा संवैधानिक आयोगले आ–आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा थारु आयोग, राष्ट्रिय समावेशी आयोग र महिला आयोगका अध्‍यक्षहरुले आ–आफ्ना आयोगका वार्षिक प्रतिवेदनहरु बुजाएका हुन् ।

राष्ट्रपति कार्यालयमा थारु आयोगका अध्यक्ष विष्ण चौधरी, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना र महिला आयोगकी अध्‍यक्ष कमला पराजुलीले छुट्टाछुट्टै रुपमा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदनहरु बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस