गाँजासहित दुई भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गाँजासहित दुई भारतीय नागरिक पक्राउ


१७ आश्विन २०७८, आइतबार


पक्राउ

जनकपुरधाम। नेपालबाट लागूऔषध गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा सर्लाही प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
टाउकोमा पोका बनाएर सदरमुकाम मलगंवाबाट भारतको सोनबर्षातर्फ लैजाँदै गर्दा शनिबार राति खटिएको नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सोनबर्षा ३ का २१ बर्षीय धर्मेन्द्र मण्डल र वडा नम्बर १ का १९ बर्षीय भोला कुमार साह छन् । उनीहरुले बोकेको पोकाबाट ७० किलो गाँजा बरामद भएको हो ।

दुबैबिरुद्ध लागूऔषध गाँजा सम्बन्धी कसुर मुद्दा दर्ता गरी अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस