दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोना खोपः मन्त्री श्रेष्ठ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोना खोपः मन्त्री श्रेष्ठ


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।

आइतबार कान्ति बाल अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए । यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताएका छन् ।

दसैंलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस