साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए


१७ आश्विन २०७८, आइतबार


साना । साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अरेबियाको सीमाक्षेत्रमा मारिएका छन् ।

ती आप्रवासीहरु जबरजस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् ।

सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए । त्यस क्रममा अरु २१ जना घाइते भएका बताइएको छ ।

घाइतेहरुलाई यमनी अस्पतालमा पुर्‍याइएको छ । उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासीहरु र प्रहरीका बिचमा केही दिनयता भिडन्तहरु हुने गरेका पनि बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस