सत्ता गठबन्धन कार्यदलको बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सत्ता गठबन्धन कार्यदलको बैठक जारी


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । मन्त्रालयको भागबन्डाको विषय टुङ्गो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

आज (आइतबार) बिहान ९ बजेदेखि बसेको बैठकमा मन्त्रालयहरुको भागबन्डा मिलाउने कोसिस भइरहेको बुझिएको छ ।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको सङ्ख्यामा सहमति भए पनि मन्त्रालयगत भागबन्डामा भने कुरा मिल्न सकेको छैन । सबैको दाबी आकर्षक मन्त्रालयहरुमा हुँदा पटक पटकको प्रयास असफल हुँदै आएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८२ दिन बितिसक्दा पनि सरकार पाँच जना मन्त्रीको भरमा रहेको छ । दल विभाजन सम्बन्धी अध्यादेश फिर्तापछि पनि मन्त्रिमण्डलले पूर्णता नपाउनुमा मन्त्रालयको भागबन्डा नमिल्नु भएकोमा शङ्का छैन ।

कार्यदल तहमा सहमति गरेर शीर्ष नेताहरुको बैठक गरेर अन्तिम टुङ्गो लगाउने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस