आयल निगमलाई मासिक ३ अर्ब घाटा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आयल निगमलाई मासिक ३ अर्ब घाटा


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।

आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्य सूची पठाइसकेको छ । आईओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।

हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आईओसीबाट नयाँ मूल्य सूची आएको दुई दिनसम्म निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छैन ।

नयाँ मूल्य सूची आएपछि निगमलाई मासिक प्रतिलिटर पेट्रोलमा १८, डिजेलमा १४ र एलपी ग्याँसमा प्रतिसिलिन्डर १०२२ रुपैयाँ घाटा हुन्छ । जसअनुसार, निगमलाई एक महिनामा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ घाटा हुने प्रक्षेपण छ ।

यसका साथै, डिजेलमा १ अर्ब ८ करोड रुपैयाँ र पेट्रोलमा ४९ करोड ५६ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमले गरेको छ । पेट्रोल, डिजेल र एलपी ग्याँसमा मासिक ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढी घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यसअघि, सेप्टेम्बर १६ मा आईओसीले पठाएको मूल्य सूचीअनुसार निगमलाई मासिक २ अर्ब १६ करोड रुपैयाँ घाटा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस