लुम्बिनीको थप पर्यटन प्रवर्द्धन गर्न आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीको थप पर्यटन प्रवर्द्धन गर्न आग्रह


१७ आश्विन २०७८, आइतबार


लन्डन । परोपकारी संस्था बुद्ध फाउन्डेसन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवर्द्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था यहाँ दर्ता भएको थियो ।  

लन्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापन पत्र बुझाउँदै फाउन्डेसनले बुद्ध जन्मस्थलका बारेमा अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धनका कार्यक्रम सञ्चालन  गर्न आग्रह गरेको हो ।

यहाँ स्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा विश्वमा अहिंसा र शान्तिको सन्देश दिने गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवर्द्धन गर्न र राहदानीमा लुम्बिनीलाई समावेश गराउन  भनिएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस