साहस ऊर्जाको आईपीओ बाँडफाँड, १७ लाख ३९ हजार बढीको हात खाली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साहस ऊर्जाको आईपीओ बाँडफाँड, १७ लाख ३९ हजार बढीको हात खाली


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । साहस ऊर्जाको धितो पत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आइतबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार साहस ऊर्जाको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको थियो । २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको छ ।

सदर भएको आवेदनमध्ये धितो पत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार गोला प्रथाबाट बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवेदकले १० कित्ता सेयर पाएका छन् । १७ लाख ३९ हजारभन्दा बढी आवेदकको भने हात खाली भएको हो ।

साहस ऊर्जा लिमिटेडले यही असोज ६ गते १० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर निष्कासन गरेको हो ।

७० लाख कित्तामध्ये तीन प्रतिशत सेयर अर्थात् दुई लाख १० हजार कित्ता कर्मचारीका लागि, पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस