काँग्रेस अधिवेशन : काठमाडौँ महानगरको मतदान आज बिहान ९ देखि दिउँसो १ बजेसम्म हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस अधिवेशन : काठमाडौँ महानगरको मतदान आज बिहान ९ देखि दिउँसो १ बजेसम्म हुँदै


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको हिजो (शनिबार) रोकिएको काठमाडौँ महानगरपालिकाको अधिवेशन आज (आइतबार) सकिँदै छ ।

हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि रोकिएको अधिवेशनअन्तर्गत आज बिहान ९ बजेदेखि मतदान हुनेछ ।

राष्ट्रिय सभा गृहमा दिउसो १ बजेदेखि मतदान हुनेछ । नगर कमिटीको सभापतिको लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबिच प्रतिस्पर्धा भइरहेको छ ।

शाक्य प्रकाशमान सिंह र गगन थापा समूहको साझा उम्मेदवार छन् भने रञ्जित शेरबहादुर देउवा र भिमसेनदास प्रधान समूहको उम्मेदवार बनेका छन् ।

उपसभापति पदका लागि सन्तकुमार महर्जन, शुशिला ढकाल, सूबिरनाथ खनाल र भरत तण्डुकारको उम्मेदवारी परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस