साहस ऊर्जाको आईपीओ आज बाँडफाँट हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साहस ऊर्जाको आईपीओ आज बाँडफाँट हुँदै


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । साहस ऊर्जा लिमिटेडको आइपीओमा आज (आइतबार) बाँडफाँट हुँदै छ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज (आइतबार) बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ।

यस आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो। २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा धेरै हो।

साहस ऊर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यसमा गोला प्रथामार्फत ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस