नागरिक लगानी कोषको भवन हस्तान्तरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नागरिक लगानी कोषको भवन हस्तान्तरण


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ। सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ ।

लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबिच भएको सम्झौताअनुसार कोषको करिब ९० करोड रुपियाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो ।

शर्मा रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महानिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोभिड–१९ सङ्क्रमणको अवस्थामा पनि भवन निर्माणको कार्य चुस्त र द्रुत गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकामा विभाग र निर्माण कम्पनीलाई धन्यवाद दिए।

भवन विभागका महानिर्देशक प्याकुरेलले कोभिडको सङ्क्रमणकालीन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस