तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको काँग्रेस सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् ।

हिजो (शनिबार) भएको नगर अधिवेशनले महर्जनलाई सभापतिमा चुनेको हो । उनी १३५ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरे ।

महर्जन नेता कृष्णप्रसाद सिटौलानिकट मानिन्छन् ।

यस्तै उपसभापतिमा जमुना तिमिल्सिना र मञ्जु शाही, सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना, सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस