दर्जन जिल्लाका सिडिओको सरुवा, कास्कीमा जयनारायण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दर्जन जिल्लाका सिडिओको सरुवा, कास्कीमा जयनारायण


१६ आश्विन २०७८, शनिबार


काठमाडौँ । गृह मन्त्रालयले एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । 

शुक्रवार साँझ अबेर गरी गरेको सरुवा सूची भने अझै गोप्य राखिएको छ । प्रशासन उच्च स्रोतका अनुसार कास्कीमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ भने रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य लमजुङ, शंकर बहादुर विष्ट डोटी, रविन्द्र आचार्य मनाङ, मोहनराज जोशी डडेल्धुरा, चिरञ्जिवी राना म्याग्दी, अनुज घिमिरे तेरथुम जिल्लाको प्रजिअमा पठाएको छ ।

मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेको अवस्थामा कर्मचारीको सरुवामा भने सरकारले अग्रगामी छलाङ नै मारेको देखिन्छ । स्थायी सरकारसमेत भनिए पनि हरेक जसो हप्ता कर्मचारीहरूको सरुवा हुने गरेको छ । अझ अचम्म त के छ भने सरुवा नियमित प्रक्रिया तथा सार्वजनिक विषय भए पनि गरिसकेको निर्णयसमेत लुकाइँदै आएको छ । 

केही दिन अघि मात्रै गृहले नै माग गरेर पठाएको सूचीअनुशारका दर्जनौँ उपसचिवहरुको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो ।

सम्बन्धित समाचार : सरुवा हुने उपसचिवको सङ्ख्या ४४ पुग्यो [नामावलीसहित]

सम्बन्धित मन्त्रालय तथा सरोकारित निकाय भन्दा पनि सिंहदरवार बाहिरै होटेलबाट कर्मचारी सरुवाको सूची बनिरहेको भन्दै कर्मचारीतन्त्रमा व्यापक असन्तुष्टि छाई रहँदा यस्ता निर्णयहरूमा शङ्का गर्ने ठाउँ मिलेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस