प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबलका लाइन काट्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबलका लाइन काट्दै


१६ आश्विन २०७८, शनिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिने भएको छ ।

बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो । तर सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट कारबाही थालिने प्राधिकरणले जनाएको छ ।

सम्झौता नगरीकनै आफ्ना विद्युतीय संरचनाहरू प्रयोग भइरहेको प्राधिकरणको भनाइ छ । सेवा प्रदायक कम्पनीहरूले प्राधिकरणबाट माग भएअनुसारको जीपीएस ओअर्डिनेटेड नक्सा तथा तार तानेको दूरी खुल्ने कागजातसमेत बुझाएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस