एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस (पूर्णपाठ) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस (पूर्णपाठ)


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उनले नेपाल कम्युनिस्ट आन्दोलनको उठानदेखि पछिल्लो चरणको विभाजनसम्मका विषयलाई समेटेर प्रतिवेदन तयार पारेका छन्।

शुक्रबारदेखि ललितपुरको गोदाबारीमा सुरु भएको महाधिवेशनमा अध्यक्ष ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

आज (शुक्रबार) सुरु भएको विधान महाधिवेशनमा ४४ पृष्ठमा समेटिएको ओलीको प्रतिवेदन प्रस्तुत भएको हो ।

मुलुकभित्र राजनीतिक अवस्था, अन्तराष्ट्रिय परिस्थिति, पार्टीको भावी कार्यदिशा लगायत समेटिएको प्रतिवेदन ओलीले पढेर सुनाएका थिए । महाधिवेशन हलमा केहीबेर ओली आफैले पढेको उक्त प्रतिवेदन रुघाखोकीले सताएपछि उनले नेता शंकर पोखरेललाई पढ्न लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस