अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्‍याउने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्‍याउने


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरुको स्कर्टिङबाट विधान महाधिवेशन स्थल गोदावरी जाने भएका छन् ।

ओलीलाई ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्दै गोदावरी पुर्‍याइने भएको हो ।

गोदावरीस्थित सम्मेलन केन्द्रमा आजबाट सुरु हुने विधान महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्दै छन् । अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरुले उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् ।

उद्घाटन समारोह सकिएपछि १६ गते हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ ।

विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, सङ्घ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ सङ्गठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी रहन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस