प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । नेपाली सेनाको प्रधान कार्यकालय जंगी अड्डामा प्रधानसेनापतिलाई भेट्न राजदूत बेरी बिहीबार पुगेका थिए ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रधानसेनापति शर्मा र राजदूत बेरीबीचको भेटलाई शिष्टाचार भेटवार्ता रहेको जनाएको छ ।

दुवैबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा चर्चा भएको निर्देशनालयले जनाएको छ । नेपाली सेनाले भन्यो ‘भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।’

प्रधानसेनापतिसँग भारत, चीन, पाकिस्तानलगायतका प्रतिनिधिले केही दिनभित्र भेटवार्ता गरिसकेका छन् । ती सबै भेटवार्ता शिष्टाचार स्वरुप रहेका सेनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस