गोपाल सिग्देल सचिवमा बढुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गोपाल सिग्देल सचिवमा बढुवा


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । गोपाल प्रसाद सिग्देल सचिव(विशिष्ट श्रेणी) मा बढुवा भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेका इन्जिनियरिङ तर्फका सहसचिव गोपाल प्रसाद सिग्देललाई
बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बुधवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि सहसचिव गोपाल सिग्देलको नाम सिफारिस

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार ज्येष्ठ सहसचिव सिग्देलको नाम मात्रै सिफारिस भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस