हिमालय बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

हिमालय बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

२९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् । उनले आज (बिहिबार)देखि नै कार्यभार सम्हालेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरिरहेको हिमालयन बैंकको मर्ज रोकिएपछि अध्यक्ष नियुक्त गरेको हो । बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरेपनि अन्त्यमा आएर मर्ज भाँडिएको छ ।

यसअघि बैंकको अध्यक्षमा तुलसी प्रसाद गौतम थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस