२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पामा ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

अ+ अ-

रोल्पा । जिल्लाका केही विद्यालय सुचारु भएको केही दिनभित्रै पुनः बन्द भएका छन् जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिकामा विद्यालय सञ्चालन भएको केही दिनमै विद्यार्थी शिक्षकमा भारल ज्वरो आएपछि विद्यालय बन्द भएको हो ।

सुनछहरी–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरो बढेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर पुनले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत ६० प्रतिशत भन्दा बढी विद्यार्थी र शिक्षक एक्कासि बिरामी परेपछि विद्यालय बन्द गर्नुपरेको उनले बताए ।
विद्यार्थी तथा शिक्षकमा ज्वरो आउने, हुने, घाँटी दुख्ने, टाउको तथा शरीर दुख्ने ,बान्ता हुने, खोकी लाग्ने र कमजोरी महसुस हुने लगायतका लक्षण देखिएको बताइएको छ । शिक्षक जसवीर पुन भाइरल ज्वरोका विरामी बढेपछिे विद्यालय बन्द गरिएको जानकारी दिए ।

स्वास्थ्य चौकी फगामका प्रमुख रञ्जीतकुमार यादवले भाइरल ज्वरो सरुवा र मौसमी भएकाले यसबाट सुरक्षित रहन सबैलाई अनुरोध गरेका छन् । मन तातोपानी खान, बासी तथा चिसो पदार्थ सेवन नगर्न, चिसोबाट बच्न, अदुवा, बेसार, टिमुर र नून पानीखाने तथा तातोपानीको बाफ लिने जस्ता घरायसी उपचार गर्न उनले सुझाव दिए ।

लकडाउनका समयमा सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणको लागि अनलाइन कक्षा सञ्चालन गर्न सकिने निर्देशन गरे पनि सरकारी विद्यालयको आवश्यक पूर्वाधार , भौगोलिक विकटता तथा निम्न वर्गिय पृष्ठभूमि भएकाले अनलाइन कक्षाको पहुँचमा रहन नसकेको स्थानीयवासी चित्रवियोग झाँक्री मगरले बताए ।

अहिले शैक्षिक सत्र सुरु भएको झण्डै ५÷६ महिनापछि मात्र विद्यालय सञ्चालन भएकोमा फेरि बन्द गर्ने बाध्यता सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हिमलाल पुनले जानकारी दिए । वातावरण सहज भएपछि विद्यार्थीको शैक्षिकस्तरलाई उकास्न प्रयत्न गर्ने उनको भनाइ छ ।