बालुवाटारमा सर्वदलीय बैठक सुरु ,एमाले अध्यक्ष ओली उपस्थित भएनन् « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा सर्वदलीय बैठक सुरु ,एमाले अध्यक्ष ओली उपस्थित भएनन्


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ।

सङ्घीय संसद्को गतिरोध अन्त्य र अन्य समसामयिक विषयमा छलफल गर्नका लागि देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा काँग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने यस पटकको सर्वदलीय बैठकमा पनि उपस्थित भएनन्। उनी यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि गएका थिएनन्।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछ। सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा (एमाले)ले सभामुखको कार्यप्रति असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस