२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चले कर्मचारी समायोजनसँग सम्बन्धित रिट निवेदनको सुनुवाइ स्थगित गर्‍यो

अ+ अ-

काठमाडौँ । कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनहरुको सुनुवाइ सर्वोच्च अदालतले स्थगित गरेको छ ।

आज (बिहीबार)का लागि मुद्दाको पेशी तोकिएकोमा सर्वोच्च अदालत प्रशासनले सबै मुद्दाको सुनुवाइ एकसाथ स्थगित गरेको हो ।

आफूहरुलाई सरकारले गलत ढङ्गले समायोजन गरेको दाबी गर्दै कर्मचारीहरुले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरुलाई सङ्घमा नै राख्नू भनी अन्तरिम आदेश दिएपछि नयाँ कर्मचारी पदपूर्ति प्रक्रिया अवरुद्ध भएको छ ।

सर्वोच्च अदालतले समायोजन उल्टिएका कर्मचारीहरुको सिट सुरक्षित गरेर मात्रै नयाँ भर्ना गर्नू भनी आदेश दिएपछि लोकसेवा आयोगले शाखा अधिकृतहरुको नतिजा रोकेको छ भने अरु परीक्षाहरु पनि स्थगित गरेको छ ।

पुराना कर्मचारीको समायोजनले आफूहरुको सेवा प्रवेश गर्ने अवसर अवरुद्ध भएको भनी परीक्षा दिएका कर्मचारीले समेत सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

सर्वोच्च अदालतले ती सबै निवेदनको एकमुष्ट सुनुवाइ हुनुपर्ने भन्दै तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ ।