५० वर्षअघि कंकेश्वरी मन्दिरबाट चोरिएको शिवमूर्ति न्युयोर्कबाट फिर्ता आउँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

५० वर्षअघि कंकेश्वरी मन्दिरबाट चोरिएको शिवमूर्ति न्युयोर्कबाट फिर्ता आउँदै


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । सन् ७० को दशकमा कंकेश्वरी मन्दिरबाट चोरिएको पुरातात्त्विक महत्त्वको शिवको मूर्ति अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटान म्युजियमले नेपाललाई फिर्ता दिने भएको छ ।

शिवको मूर्ति मेट्रो म्युजियममा भेटिएको सूचना आएपछि झन्डै एक वर्षयता यसको उत्पत्तिको पहिचान’ तथा प्रमाणका बारेमा खोजहीन गर्ने काम भइरहेकोमा यो मूर्ति काठमाडौँ उपत्यका, विष्णुमतीको किनारमा रहेको कंकेश्वरी मन्दिरबाट चोरी भएको पुष्टि भएको थियो ।

न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास कार्यालयको समन्वयमा यो मूर्ति फिर्ताको प्रक्रिया अघि बढेको हो । दसौँ शताब्दीमा निर्माण भएको मानिने शिवमूर्तीमा निर्माणको शिल्प र शैली पनि उत्कृष्ट रहेको भन्दै संस्कृतिविद् डा. गोविन्द टण्डनले मेट्रोपोलिटान म्युजियममा रहेका अरु नेपाली मूर्ति, सम्पदा फिर्ताको पहल हुनुपर्ने बताए ।

यसअघि पनि मेट्रोपोलिटान म्युजियमले आफूसँग रहेको पुरातात्त्विक महत्त्वको उमामहेश्वर र बुद्ध प्रतिमा नेपाल फर्काइसकेको छ । यही म्युजियममा नेपालबाट हराएका वा चोरिएका २ सयभन्दा बढी ऐतिहासिक मूर्ति, अभिलेख, टुँडाललगायतका सामग्री रहेको म्युजियम स्वयमले स्वीकार गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस