काँग्रेसको नेतृत्व लिन अर्को पुस्ता तयार छ : नेता सिंह « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काँग्रेसको नेतृत्व लिन अर्को पुस्ता तयार छ : नेता सिंह


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन्।

अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका सिंहले लोकतान्त्रिक पद्धति जोगाउन पनि नेतृत्व परिवर्तन हुनुपर्ने बताए।

उनले यो कुरा कोटेश्वरमा हिजो (बुधबार) आयोजित कार्यक्रममा भनेका हुन्। ‘पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तनको आवश्यकता छ,’ उनले भने।

सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अब फेरि पनि सभापतिमा नउठ्न आग्रह गरेका छन्। बरु नेतृत्व हस्तान्तरणमा लाग्न पनि उनले सुझाव दिए। ‘काँग्रेसमा अर्को पुस्ता नेतृत्व लिन तयार भइसकेको छ,’ उनले भने।

नेतृत्व हस्तान्तरणमा नेताहरूले चासो नदिने हो भने राजनीतिमा युवाको आकर्षण नहुने उनको भनाइ थियो। नेतृत्वमा पुगेपछि पद लिइरहने गर्दा पनि त्यसको असर राजनीतिमा पर्ने उनले बताए।

उनले वर्तमान नेतृत्वबाट अलोकतान्त्रिक काम भइरहेको पनि आरोप लगाए। पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाई राख्न पनि नेतृत्व परिवर्तन हुनुपर्ने उनले बताए।

नेता सिंह पनि १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस