गृहमा उपसचिव सरुवा : १५ इन, १५ आउट ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमा उपसचिव सरुवा : १५ इन, १५ आउट !


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । ३० जना उपसचिवको सरुवा भएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार १५ जना उपसचिवलाई गृह प्रवेश(इन) गराएको छ भने पन्ध्रै जनालाई गृहबाट बाहिर(आउट) गरेको छ । 

प्रशासन गृह मन्त्रालय उच्च स्रोतका अनुसार गृह मन्त्रालय भित्र्याइएकाहरूमा सूर्य खत्री, शेखर पौडेल, फणीन्द्र दाहाल, अनुज घिमिरे, सुप्रभा खनाल, वासु कोइराला, दीपक कोइराला, रवीन्द्र आचार्य, गणेश पौडेल, पुष्कर राना, नीराजन श्रेष्ठ, चेतराज बराल, विश्व मरासिनी, अञ्जन न्यौपाने, काशीराम गैरे रहेका छन् । 

यसैगरी गृहबाट बाहिरिएकाहरूमा अनुज भण्डारी, अनिल शाही, जीवन आचार्य, जयराज भण्डारी, विष्णुहरि उपाध्याय, गणेश बहादुर अधिकारी, वासुदेव घिमिरे, विष्णु लामिछाने, भीमप्रसाद भट्टराई, बाबुराम खनाल, कृष्ण भण्डारी, टेकनारायण पौडेल, जयराज भण्डारी, त्रिलोचन रिमाललगायत रहेको ती स्रोतको भनाई छ । 

इन हुने उपसचिवहरुको निर्णय भई सकेको छ भने आउट हुने हकमा भने अझै सही नभईसकेको ती स्रोतको भनाई छ ।

पछिल्ला केही सातायता कर्मचारी सरुवाको लहर चलेको छ । एकाध सचिवबाट सुरु भएको सरुवा विभिन्न समयमा गरी सयौँ सहसचिव र पचासौँ उपसचिवसम्म पुगेको छ । सामान्यतया: सरुवाका लागि कर्मचारी दौडधुप गर्ने परम्परा पुरानै भए पनि पछिल्लो समय शक्तिकेन्द्रबाटै टपक्क ‘टिप्ने’ चलनले निजामतीमा अझ बढी राजनीति तथा बाहिरी शक्ति हाबी भएको बताउँछन् प्रशासनविद्हरू । 

आफ्ना तथा आफन्त हुनेहरू रोजाइको ठाउँमा पुगिहाल्ने र पहुँच नपुग्नेहरू जहिल्यै पछाडि नै रहने अवस्थाले असल काम गर्ने कर्मचारीमा नैराश्यता छाएको देखिन्छ । त्यति मात्रै होइन, अनेक खाले अवसर, सेवा, सुविधा र सम्मानसमेत तिनैलाई भिराइँदा दूर दराजमा खाइ नखाई काम गर्ने कर्मचारीको अनुहारमा झन् बढी पीडा देखिन्छ । 

त्यसो त यो अहिलेको सरकारले मात्रै निरन्तरता दिएको अघोषित परम्परा भने पक्कै होइन, यसअघि पनि यसरी नै शक्तिकेन्द्रको रिझ्याईबाट पोस्टिङ भएका थिए । जसलाई सुधार्ने आँट र प्रयास कहिँकतैबाट नहुँदा कर्मचारी सेवा भन्दा बढी शक्तिकेन्द्र रिझाउने ध्याउन्नमा छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस