सचिवका लागि सहसचिव गोपाल सिग्देलको नाम सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सचिवका लागि सहसचिव गोपाल सिग्देलको नाम सिफारिस


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि एक जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बुधवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले इन्जिनियरिङ तर्फका सहसचिव गोपालप्रसाद सिग्देलको नाम सिफारिस गरेको हो ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार ज्येष्ठ सहसचिव सिग्देलको नाम मात्रै सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस