एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (कीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।

अध्यक्ष नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको टोली संलग्न रहेको सचिवालयले जनाएको छ ।

स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा नेपाललाई भेटघाट बन्द गरिएको सचिवालयले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस