पार्टीभित्र आन्तरिक लोकतान्त्रिक अभ्यास जरुरी छ : नेता सिंह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पार्टीभित्र आन्तरिक लोकतान्त्रिक अभ्यास जरुरी छ : नेता सिंह


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी रहेको उल्लेख गरेका छन् । नेता सिंहले पदमा जानका लागि तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले नेपाली काग्रेस पार्टीलाई अप्ठ्यारोमा पुर्‍याउने बताए ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज आयोजना गरेका ‘बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको मौलिक सिद्धान्त बचाइराख्नका लागि काग्रेसभित्र पनि नेतृत्वका लागि लोकतान्त्रिक अभ्यास हुनु जरुरी भएको बताए ।

उनले भने ‘पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाइराख्न नेतृत्वका लागि आवश्यक लोकतान्त्रिक अभ्यास हुनुपर्छ र कार्यकर्ताको चाहनाबमोजिम नेतृत्व परिवर्तनको आवश्यकता पनि पर्दछ ।’ पार्टीभित्र परिवर्तनको पक्षमा आफू दृढताका साथ उभिने उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा पनि जोड दिए । उनले नेपाली काँग्रेसले लोकतान्त्रिक रूपमा अघि नबढ्दा गएको आम निर्वाचनमा पार्टीले ठूलो पराजय भोग्नुपरेको स्मरण गरे ।

उनले आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपरी आन्तरिक लोकतान्त्रिक अभ्यासमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले आगामी महाधिवेशनले पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व छान्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस