प्रधानसेनापति र पाकिस्तानी कार्यवाहक राजदूतबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानसेनापति र पाकिस्तानी कार्यवाहक राजदूतबीच भेटवार्ता


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत अदनान जावेद खानले भेटवार्ता गरेका छन् ।

प्रधानसेनापति शर्मालाई भेट्न कार्यवाहक राजदूत खान बुधबार जंगीअड्डा पुगेका थिए ।

प्रधानसेनापति र नेपालका लागि पाकिस्तानी कार्यवाहक राजदूतबीच दुई पक्षीय आपसी हितबारे छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।

प्रधानसेनापतिसँग यसअघि भारत र चीनका राजदूतले भेटवार्ता गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस