प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियारले छापा मार्‍यो: मुख्यमन्त्री राउत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियारले छापा मार्‍यो: मुख्यमन्त्री राउत


१३ आश्विन २०७८, बुधबार


जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको बताएका छन् ।

यसबारे आफूले अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानी समेत गरेको उनले बताए ।

बुधबार बेटी बचाऊ, बेटी पढाऊ अभियान अन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको खबर सार्वजनिक भएको थियो । त्यसको केहीघण्टामा नै अख्तियारको केन्द्रीय कार्यालय र बर्दिबासस्थित कार्यालयको टोलीले जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर छापा मार्‍यो।
अनियमितताको समाचार भ्रमक भएको दाबी गर्दै मुख्यमन्त्री राउतले भने, ‘त्यसको २–४ घण्टा वित्न नपाउँदै अख्तियारको टोली छापामारको शैलीमा आउँछ, मानौं कि प्रमाणहरु लोप भइरहेको छ, कसैले नाश गर्न लागेको छ । त्यो शैलीमा आएर छापा मार्छ र तरुन्तै मिडियामा आउँछ ।’

अख्तियारको शैलीप्रति आफूले आपत्ति जनाएको र राईले पनि कमजोरी स्वीकार गरेको भन्दै प्रदेश २ का मुख्यमन्त्री राईले भने, ‘यो प्रदेश सरकार र मुख्यमन्त्रीलाई बद्नाम गर्ने षड्यन्त्र हो ।’

प्रदेश सरकार आफैंले जनलोकपाल आयोग गठन गरेको भन्दै मुख्यमन्त्री राउतले अख्तियारले छापा मारेर प्रमाण मात्र लोप गरेको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस