‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् ।

यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो ।

किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा बर्षमा अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिरेका थिए । किरण सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए ।

किरण ‘द भ्वाइस अफ नेपाल’को विजेता बनेर अमेरिका प्रस्थान गर्दा ‘ओभर स्टे’ वापत जरिवाना समेत तिरेका थिए । तर, यसपटक नेपाल आउँदा उनले जरिवाना तिरेको अपडेट विमानस्थलमा नभैसकेको र अपडेटका लागि केही समय लाग्ने भएपछि किरण अमेरिका नै फर्किएका हुन् ।

किरणलाई सन् २०२१ मा नेपाल प्रवेश गर्न गाह्रो छ । अध्यागमन विभागले अपडेट गरेपछि किरणलाई बोलाउने बताएको छ, तर यो बर्ष किरण नेपाल प्रवेश गर्न पाउने संभावना भने कम छ ।

किरण नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् । तर, १४ बर्ष अगाडि अमेरिकी सरकारले भुटानी शरणार्थीहरुलाई आफ्नो देश लैजाने क्रममा उनी अमेरिका पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस