कागजात लिएर फर्कियो अख्तियारको टोली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कागजात लिएर फर्कियो अख्तियारको टोली


१३ आश्विन २०७८, बुधबार


जनकपुर । प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली कागजात लिएर फर्किएको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा बुधबार दिउँसो छापा मारेको थियो ।

टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुसँग समेत सोधपुछ गरेको थियो ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस