कतारकी राजकुमारी थानीद्वारा विना अक्सिजन मनास्लु हिमालको सफल आरोहण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कतारकी राजकुमारी थानीद्वारा विना अक्सिजन मनास्लु हिमालको सफल आरोहण


१३ आश्विन २०७८, बुधबार


म्याग्दी । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहण गरेकी छन् ।

हिमाल आरोहणमा कीर्तिमान कायम गरेका म्याग्दीका आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमा जनाए अनुसार राजकुमारी थानीले ८,१६३ मिटर अग्लो मनास्लु हिमाल विना अक्सिजन सोमबार आरोहण गरेकी हुन् । उनी इलाइट हिमालय एड्भेञ्चरमार्फत मनास्लु आरोहणका लागि आएकी थिइन् ।

कीर्तिमानी आरोही निर्मल पुर्जा, मिङ्मा डेविड शेर्पा, र मिङ्मा तेञ्जिङ शेर्पा थानीको गाइडका रुपमा खटिएका थिए । उनीहरुकै सहयोगमा थानीले मनास्लु आरोहण गरेको इलाइट हिमालय एड्भेञ्चरले जनाएको छ । टिममा ३२ जना आरोही रहेको जनाइएको छ ।

इलाइट हिमालय एड्भेञ्चरका कुशल बूढाथोकीका अनुसार राजकुमारी थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने उद्देश्य सहित सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन् । तर, सगरमाथा आरोहणका लागि मौसम अनुकूल नभएपछि अहिले मनास्लु आरोहण गरेकी हुन् ।

राजकुमारी थानीले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस