काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज (बुधबार) अन्तिम दिन रहेको छ।
संस्थाले ३० भदौबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको थियो।
कम्पनीले यसको मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ। न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ।
आवेदन दिने लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलपत्र पेस गर्नुपर्छ।
संस्थाले जारी गरेको उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, सङ्घसंस्थाले आवेदन दिन सक्नेछन्।
आवेदकले बोलपत्र पेस गर्दा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैङ्किङ, टेकु काठमाडौँमा पुग्ने गरी दिनुपर्नेछ।