२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीमा चाडपर्व सुरक्षा योजना : सीमावर्ती क्षेत्रमा सवारी र यात्रुको सुरक्षामा विशेष ध्यान, नाकाहरुमा सघन अनुगमन

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चाडपर्व लक्षित शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना बनाएर परिचालनको व्यवस्था मिलाएको जनाएको छ ।

चाडपर्वका बेला हुनसक्ने अवान्छित गतिविधि नियन्त्रण गर्न र चोरी तस्करी रोक्नका लागि विशेष सुरक्षा योजना बनाएर सुरक्षा निकाय परिचालनको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनाकारी दिए ।

सीमावर्ती क्षेत्रमा चोरी तस्करी नियन्त्रणका लागि सुरक्षा निकाय, भन्सार प्रशासन, राजश्व अनुसन्धान, स्थानीय तह लगायतसँग समन्वय गरिएको छ । तस्करी नियन्त्रणका लागि नागरिकहरुको भूमिका महत्त्वपूर्ण हुने भएकाले गैरकानूनी कामको सूचना प्राप्त भएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन उनले आग्रह गरे ।

चाडपर्वका बेला पटाका भित्रन सक्ने भन्दै उनले विशेष सुरक्षा सतर्कता अपनाएको बताए । त्यस्ता कार्यमा संलग्नलाई नियन्त्रणका लिने र कानून बमोजिम कारबाही हुने उनको भनाइ छ । नाकाहरुमा सघन अनुगमन गर्ने, अवैध सामग्रीहरुको आयातलाई निरुत्साहित गर्ने र फेला परेमा कानून बमोजिम कारबाही गर्ने व्यवस्था मिलाइएको छ ।

‘सीमावर्ती क्षेत्रमा चोरी तस्करी नियन्त्रणका लागि सुरक्षा निकाय, भन्सार प्रशासन, राजश्व अनुसन्धान, स्थानीय तह लगायतसँग समन्वय गरिएको छ’ उनले भने, तस्करी नियन्त्रणका लागि सूचनाको महत्त्व पूर्ण भूमिका हुन्छ । स्थानीय नागरिकहरुबाट गैरकानूनी कामको सूचना प्राप्त भएमा तत्काल सुरक्षा निकाय परिचालनको व्यवस्था मिलाएको छ ।’

यसैगरी कोरोना महामारीको जोखिम कायमै रहेकाले सार्वजनिक सवारी साधनमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने र त्यसका लागि अनुगमन हुने भएको छ ।

सवारी साधनमा हुनसक्ने भिडभाड व्यवस्थापनका लागि यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीसँगको समन्वयमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने यसका लागि अनुगमनको व्यवस्था मिलाएको प्रजिअ तिवारीले जानकारी दिए ।

‘कोभिड १९ को महामारीबाट जोगिनका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालनामा गर्न जरुरी छ’ उनले भने, ‘नागरिकले स्वास्थ्य मापदण्ड पालना गरेमा महामारी नियन्त्रणमा सहयोग पुग्छ ।’ सबै यात्रु, चालक र सहचालकले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नु पर्ने व्यवस्था गरिएको छ ।

रोजगारीका लागि भारत गएका नेपालीहरु चाडपर्व मनाउनका लागि फर्कने क्रम सुरु भएकाले सीमामा एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको छ । सरकारले जारी गरेको निर्देशन अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर सीमामा आवतजावतको व्यवस्था मिलाएको उनले बताए ।

भारतीय नागरिकलाई ७२ घण्टा भित्रको कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट, सीसीएमसीको अनलाइन फारम भरेको प्रतिलिपि हुनुपर्ने व्यवस्था गरिएको छ ।

अन्य देशका नागरिकको हकमा कोरोना विरुद्धको पूर्ण खोप लगाएको, ७२ घण्टा भित्रको कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट, सीसीएमसीको अनलाइन फारम भरेको प्रतिलिपि, विदेशस्थित सम्बन्धित नियोगबाट नेपाल प्रवेशको लागि भिसा लिएको हुनुपर्ने छ । सरकारले जारी गरेको प्रोटोकल अनुसार आवतजावतको व्यवस्था मिलाएको प्रजिअ तिवारीले बताए ।

रुपन्देहीमा निषेधाज्ञा यही असोज १६ गतेसम्मका लागि जारी गरिएको छ ।