चिनजानेकै छिमेकीले ४ वर्षीय बालक लिएर सम्पर्कविहीन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चिनजानेकै छिमेकीले ४ वर्षीय बालक लिएर सम्पर्कविहीन


१२ आश्विन २०७८, मंगलबार


बालक बेपत्ता

काठमाडौँ । कपनमा मिस्त्रीको काम गर्दै आएकी भारतीय एक महिलाको ४ वर्षीय छोरा चिनेजानेकै छिमेकीले लिएर सम्पर्कविहीन भएका छन् ।

भारत मधुवनकी ती महिलाको छोरा लिएर भारतीय नागरिक सोमबारदेखि सम्पर्कविहीन भएको परिवारले बताएका छन् । बालक लिएर सम्पर्क बाहिर रहेका ती व्यक्तिले मोबाइल भने कपनमै छाडेको प्रहरीले बताएको छ ।

बच्चासहित ती व्यक्ति सम्पर्कविहीन भएपछि बालकका आफन्तले मंगलबार उजुरी दिएका छन् । बालक खोजी कार्य सुरु गरिएको र अपहरण हो या अन्य कुनै विषय भन्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार सम्पर्कविहीन भएका व्यक्ति र बच्चाका आफन्त भारतमा समेत चिनेजानेका छिमेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस