विभागीय टोली एपिएफ र न्यू डाइमन्ड विजयी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विभागीय टोली एपिएफ र न्यू डाइमन्ड विजयी


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । छैटौँ राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल एपिएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लबले जीत हासिल गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको महिलातर्फको खेलमा एपिएफले तीन भारतीय खेलाडी सम्मिलिन ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जीत हासिल गरेको हो । एपिएफले ढोरपाटनमाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–७ तथा तेस्रो सेट २५–६ ले आफनो पक्षमा पार्‍यो ।

त्यस्तै अर्को खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जीत हासिल ग¥यो । डायमन्डले पहिलो सेट २५-६, दोस्रो २५-५ र तेस्रो तथा अन्तिम सेट २५-१३ को जीत निकाल्न सफल भयो ।

महिला र पुरुष टोलीको विजेताले समान रु चार लाख तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन् । च्याम्पियनसिपमा सर्वोत्कृष्ट घोषित हुने खेलाडीले रु २५ हजार पाउनेछन् भने उत्कृष्ट घोषित हुने अन्य विधा स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही रु १० हजार प्राप्त गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस