केही महिनाअघि थप्पड खाएका फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि पुन: अण्डा प्रहार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

केही महिनाअघि थप्पड खाएका फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि पुन: अण्डा प्रहार


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । लायोनस्थित एक अन्तर्राष्ट्रिय खाद्य समारोहमा पुगेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनमाथि एक व्यक्तिले अण्डा प्रहार गरेका छन् । सो अण्डा उनको कुममा लागेर अगाडि पट्टी भुईँमा खसेर फुटेको छ ।

घटनाका विभिन्न भिडियोहरु यतिबेला ट्विटरमा व्यापक शेयर भइरहेका छन् । प्रत्यक्षदर्शीका अनुसार एक पुरुषले केही नबोली चुपचाप उनीमाथि अण्डा प्रहार गरेका थिए र यस पछाडिको उनको उद्देश्य पनि स्पष्ट भएको छैन ।

यसरी सार्वजनिक स्थलमै म्याक्रोनमाथि प्रहार भएको यो पहिलो घटना होइन । यसअघि २०१७ मा राष्ट्रपति चुनावका बेलामा पनि उनलाई एक व्यक्तिले अण्डा हानेका थिए । त्यस समय अण्डा उनको टाउकोमै फुटेको थियो ।

त्यस्तै गत जुनमा मात्र उनी दक्षिण पूर्वी फ्रान्स गएका बेला सर्वसाधारणको भीडमा एक व्यक्तिले आएर गालामा थप्पड पनि हानेका थिए ।

त्यस लगत्तै सुरक्षाकर्मीहरुले हस्तक्षेप गरी ती व्यक्तिलाई पक्राउ गरेका गरे र उनलाई चार महिनाको जेल सजाय भएको थियो । सो घटनालाई म्याक्रोनले हिंसात्मक र मूर्खतापूर्ण भनी व्याख्या गरेका हुन् ।

चुनाव आउन एक वर्ष भन्दा कम समय बाँकी रहँदा ४३ वर्षीय म्याक्रोन मतदाताहरुलाई रिझाउन सङ्घर्ष गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस