माओवादी नेता वर्षमान पुन अस्वस्थ, उपचारका लागि भोलि बैंकक लगिँदै « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

माओवादी नेता वर्षमान पुन अस्वस्थ, उपचारका लागि भोलि बैंकक लगिँदै


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ भएका छन् ।

उनलाई उपचारका लागि थाइल्यान्डको बैंकक लगिने भएको छ । उनलाई भोलि (बुधबार) बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।

उनी भोलि (बुधबार) बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् ।

नेता पुन लामो समयदेखि जन्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस