तीन सयले घट्यो सुनको मूल्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन सयले घट्यो सुनको मूल्य


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन हिजो (सोमबार) प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार तोकिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन सोमबार प्रतितोला रु ८८ हजार ८५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस