एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा


१२ आश्विन २०७८, मंगलबार


रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ । पहिलो पटक गठित उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन भएका छन् ।

प्रथम चरणअन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका शिव लामिछाने, उपाध्यक्षमा विनोद लामिछाने, उपसचिवमा आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका शुजिय तामाङ रहेको अध्यक्ष देवकोटाले बताए ।

सदस्यमा नेकपाका संस्थापक सदस्य साङ्तेम्वा तामाङ धुञ्चे (विसं २०४६ पछि रसुवामा गठन भएको पहिलो नेकपा (एमाले) का संस्थापक सदस्य), शनद देवकोटा जिवजिवे, अर्चना लामा बेत्रावती, भरत बगाले धुसेनी, गङ्गा बगाले धुसेनी रहेका छन् । यसैगरी दावा तामाङ, सन्तोष तामाङ, रामशरण न्यौपाने, नविनाथ देवकोटा, भीम तामाङ र अप्सरा रिजाल जिल्ला कमिटी सदस्यमा रहेका छन्। कार्यनिर्देशिका अनुरूप नपुग सदस्य क्रमशः थपिँदै लगिने बताइएको छ ।

नयाँ दललाई सही दिशामा लान जनतामाझ गर्नुपर्ने सेवा थप प्रभावकारी तुल्याउन सुब्बा लामा प्रमुख सल्लाहकार चयन हुनुभएको उक्त दलले जनाएको छ । जिल्ला कमिटी गठन लगत्तै दलको नीति, सिद्वान्त आमनागरिकलाई सुसूचित गराउन सिङ्गो पार्टीपंक्तिका पदाधिकारी गाउँघर जागरण अभियानमा अगाडि बढिरहेको एकीकृत समाजवादीले जनाएको छ ।

नवगठित जिल्ला कार्यसमितिमा सबै क्षेत्रलाई समाहित गरिएको र छुट भएका साथीलाई क्रमशः समाहित गर्दै जाने बताइएको छ । शिक्षा, स्वास्थ्यलगायत जिल्लाको समग्र विकासका गतिलाई तीव्रता दिने, जनतामाझ आइपर्ने समस्या समाधान गराउने, रोजगारीका अवसर सिर्जना गराउने, जलसम्पदाको सही सदुपयोग गराउने, कृषि उत्पादकत्व वृद्धिजस्ता समग्र जनहितकारी सेवामा निरन्तर अगाडि बढ्ने उक्त दलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस