अध्यक्ष ओलीले मिडिया सम्पादकसँग छलफल गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अध्यक्ष ओलीले मिडिया सम्पादकसँग छलफल गर्ने


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् ।

आज (मंगलबार) अपराह्न नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो ।

सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलो पटक सम्पादकसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीन पटक सम्पादकहरूसँग छलफल गरेका थिए ।

नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् ।

मिडिया सम्पादकहरूसँगको छलफल अपराह्न ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस