प्रदेश २ : लोसपाको संसदीय दलको नेतामा सोनल चयन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश २ : लोसपाको संसदीय दलको नेतामा सोनल चयन


१२ आश्विन २०७८, मंगलबार


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।

जनकपुरधाममा हिजो (सोमबार) बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो ।

बैठक सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए ।

संसदीय दलको नेता चयन गर्न हिजो (सोमबार) बिहानैदेखि बैठक बसेको थियो । पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरदसिंह भण्डारीसहितको उपस्थितिमा बसेको बैठकले सोमबार राति अबेर संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) रहँदा पनि सोनल नै संसदीय दलको नेता थिए । उनी तत्कालीन राजपाबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री समेत बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस