२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहोर शून्य निकुञ्ज अभियान सञ्चालन

अ+ अ-

सौराहा । । नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाइने अभियान सुरु भएको छ । निकुञ्जभित्र जथाभाबी फालिने फोहोरका कारण वन्यजन्तु र जैविक विविधता संरक्षणमा प्रभाव परेको भन्दै निकुञ्जलाई फोहोर शून्य बनाउने अभियान थालिएको हो ।

विश्व वन्यजन्तु कोषको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र प्राकृतिक संरक्षण कोषसँगको समन्वयमा क्रियसन नेपालले ‘फोहोर शून्य निकुञ्ज’को अवधारणासहित अभियान सुरु गरेको हो । अभियान सफल बनाउन निकुञ्जले छोएका स्थानीय तहको समेत समन्वय र सहकार्य जरुरी रहेको क्रियसन नेपालकी परियोजना प्रमुख सुजाता कोइरालाले जानकारी दिइन्।

‘हामीले चितवन निकुञ्जलाई ‘फोहोर शून्य निकुञ्ज’ बनाउने गरी अभियान थालेका छौँ’, कोइरालाले भनिन्, ‘निकुञ्जभित्र फालिने फोहोरले निकुञ्जका वन्यजन्तु तथा जैविक विविधतामै गम्भीर असर गर्न थालेको छ ।’ अझै निकुञ्ज आसपासका क्षेत्रमा रहेका स्थानीय तहहरूले फोहोर फाल्ने डम्पिङ साइट जङ्गल तथा नदी किनारमा बनाउँदा पनि त्यसको प्रत्यक्ष असर वन्यजन्तुमा पर्ने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्जलाई फोहोरबाट बचाउनु राम्रो काम भएको प्रतिक्रिया दिन्छन् ।

‘बाघ, गैँडा, हात्तीजस्ता जनावर मरेर पोस्टमार्टम गर्दा त्यसको पेटमा प्लास्टिक भेटिएका उदाहरण प्रशस्त छन् । यसका लागि पनि निकुञ्जभित्र फालिने फोहोर नियन्त्रण हुन जरुरी थियो’, उनले भने ।

निकुञ्ज घुम्न आउने पर्यटकले कुरकुरे, चाउचाउ, बिस्कुट, फ्रुटीजस्ता जङ्क फुड खाएर त्यसको प्लास्टिकका खोल जथाभाबी फाल्ने गर्छन् । यस्ता खोलमा हुने नुनिलो र गुलियोको मात्राले वन्यजन्तुले यस्ता प्लास्टिक चाट्दाचाट्दै निल्ने गर्छन् । निकुञ्जका वन्यजन्तु चिकित्सक डा। विजय श्रेष्ठ यसरी प्लास्टिक खाएको जनावर अन्ततः पाचन प्रक्रियामै असर गरेर मर्ने बताउँछन्।

‘प्लास्टिक खाएर जनावर मर्ने त छँदै छ, अझै जङ्क फुडको स्वादले गर्दा जनावर मान्छेको समीपमा आउने र त्यसले वन्यजन्तु र मान्छेबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ’, डा. श्रेष्ठले भने, ‘फोहोर शून्य निकुञ्ज कार्यक्रमले अब यो समस्या समाधान गर्ने अपेक्षा गर्न सकिन्छ ।’

प्रमुख संरक्षण अधिकृत बरालका अनुसार केही वर्षअघि पश्चिम चितवनको मेघौलीमा दुर्लभ वन्यजन्तु पाटेबाघ मरेको अवस्थामा भेटियो । पछि त्यसको पोस्टमार्टम गर्दा त्यसले विष खाएको कुखुरा खाएर मरेको पुष्टि भयो । बुझ्दै जाँदा नदी किनारमा यसरी मरेका कुखुरा फालिएको र त्यही कुखुरा खाँदा बाघ मरेको निष्कर्षमा निकुञ्ज प्रशासन पुग्यो । यसरी जथाभाबी फालिने फोहोरले जनावरमा गम्भीर प्रभाव परेको देखेर नै निकुञ्जलाई फोहोर शून्य बनाउने अवधारणा अघि सारिएको प्रमुख बरालको भनाइ छ ।

अभियानको पहिलो कार्यक्रम स्वरूप बिहीबार सौराहामा क्रियसन नेपाल, चितवन राष्ट्रिय निकुञ्ज र रत्ननगर नगरपालिकाबीच विशेष सम्झौता भएको छ । अभियानअन्तर्गत फोहोर व्यवस्थापनमा सर्वसाधारणलाई जनचेतना जगाउन निर्माण गरिएको ‘बेस्ट स्मार्ट म्युजियम’ (उत्कृष्ट फोहोर व्यवस्थापन सङ्ग्रहालय) को व्यवस्थापन, सञ्चालन र अनुगमनका लागि त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौता पत्रमा निकुञ्जका तर्फबाट म्युजियमको नियमित अनुगमन गर्ने, क्रियसनले प्राविधिक सहयोग गरी सञ्चालन गर्ने र नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख भएको नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए।