गोला प्रक्रियाबाट पेसी व्यवस्थापन प्रतिवेदन प्रधान न्यायाधीशसमक्ष पेस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोला प्रक्रियाबाट पेसी व्यवस्थापन प्रतिवेदन प्रधान न्यायाधीशसमक्ष पेस


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न बनेको समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष प्रतिवेदन पेस गरेको छ ।

न्यायाधीश मीरा खड्काको संयोजकत्वमा बनेको उक्त अध्ययन समितिले प्रधानन्यायाधीश राणालाई प्रतिवेदन पेस गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

‘यो सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको हो, यही असोज १ गते समितिले प्रतिवेदन बुझाएको छ,’ प्रवक्ता दाहालले भने, ‘अब यो पूर्ण बैठकमा पेस भएर पास भएपछि सर्वोच्च अदालत नियमावली बन्नुपर्‍यो, प्रक्रिया सुरु भयो तर अरू धेरै काम चाहिँ बाँकी छ ।’

सर्वोच्च अदालतको गत २४ साउनमा पूर्ण बैठकले गोला प्रक्रियाट पेसी व्यवस्थापन गर्नेबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न न्यायाधीश खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिका सदस्यमा न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाँल र नहकुल सुवेदी रहरेका थिए । समितिको सदस्य–सचिवमा सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस