सिटिजन्स बैंक र एभरेष्ट होटेलबीच सम्झौता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिटिजन्स बैंक र एभरेष्ट होटेलबीच सम्झौता


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द एभरेष्ट होटेल, बानेश्वर बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमार्फत डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।

मोबाइल बैकिङ्गमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदनदिन सक्ने लगायतका व्यवस्था गरेको बैंकले जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस