भूमि आयोग विघटनको निर्णय झिकाउन सर्वोच्चको आदेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भूमि आयोग विघटनको निर्णय झिकाउन सर्वोच्चको आदेश


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको साउन १९ गतेको निर्णय झिकाउन आदेश दिएको छ ।

न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको इजलासले सोमबार आयोग विघटनसम्बन्धी निर्णयसँगै नयाँ आयोग गठन आदेश र नयाँ पदाधिकारी नियुक्ति सम्बन्धी निर्णयको फाइल मगाएको हो ।

अधिवक्ताहरू प्रवेश केसी, एकबहादुर ल्वागुन र रोजन खड्का तथा आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवालीले दिएका चारवटा रिट निवेदनमाथि सुनुवाइ गर्दै सार्वोच्चले निर्णय झिकाउने आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस