किताबखानाको वैयक्तिक विवरण अद्यावधिक अभियान सुरु, विवरण रियल टायम बनाइने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

किताबखानाको वैयक्तिक विवरण अद्यावधिक अभियान सुरु, विवरण रियल टायम बनाइने


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । राष्ट्रिय निजामती कितावखाना(निजामती)ले वैयक्तिक विवरण अद्यावधिक अभियान सुरु भएको छ । यही असोजदेखि म सिरसम्म सञ्चालन हुने अभियान अन्तर्गत प्रमुख कार्यलाई प्राथमिकता को सिद्धान्त अनुसार वैयक्तिक विवरण अद्यावधिक कार्यलाई सङ्गठनको प्रमुख कार्यका रूपमा लिई काम अगाडि बढाइने छ ।

यसै गरी अभियानका क्रममा सङ्गठनको दरवन्दी अनुसार पदपूर्तिको स्थिति, सरुवा, बढुवा लगायत कर्मचारी व्यवस्थापन सम्बन्धी विवरण इन्ट्री हुने, सेवा सञ्चालन गर्ने मन्त्रालय तथा विभागबाट कर्मचारीका घटना सम्बन्धी विवरण समयमै प्राप्त गर्ने गराउने वातावरण तयार हुनुका साथै अभियानकै क्रममा गभरमेन्ट अफिस इन्टिग्रिटेड म्यानेजमेन्ट सिस्टम नामक अनलाइन प्रणालीको परीक्षण समेत गरिने कितावखानाले जनाएको छ ।

यस्तै अभिलेख अद्यावधिक गर्ने कार्यका लागि आवश्यकताअनुसार थप जनशक्ति अभिमुखीकरण सहित व्यवस्था गरिने, कार्य वातावरणमा सुधार ल्याई किताबखानाको असल पहिचानलाई प्रवर्द्धन गरिने, अभियान अन्तर्गत भए गरेका कामको विवरण हरेक शुक्रवार सार्वजनिक गरिने र वैयक्तिक विवरण अपडेटका लागि इमेल [email protected] मार्फत प्राप्त हुने आधिकारिक विवरणको आधारमा समेत विवरण अद्यावधिक गरिने जनाइएको छ ।

साथै कर्मचारी कार्यरत मन्त्रालय र किताबखानाको जनशक्ति सम्बन्धी विवरणमा एकरुपता ल्याउन सहयोगी हुने, कर्मचारीको सेवा, पद र सेवा सम्बन्धी विवरणलाई रियल टायम बनाउन सहयोगी हुने कितावखानाको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस