२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किताबखानाको वैयक्तिक विवरण अद्यावधिक अभियान सुरु, विवरण रियल टायम बनाइने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय निजामती कितावखाना(निजामती)ले वैयक्तिक विवरण अद्यावधिक अभियान सुरु भएको छ । यही असोजदेखि म सिरसम्म सञ्चालन हुने अभियान अन्तर्गत प्रमुख कार्यलाई प्राथमिकता को सिद्धान्त अनुसार वैयक्तिक विवरण अद्यावधिक कार्यलाई सङ्गठनको प्रमुख कार्यका रूपमा लिई काम अगाडि बढाइने छ ।

यसै गरी अभियानका क्रममा सङ्गठनको दरवन्दी अनुसार पदपूर्तिको स्थिति, सरुवा, बढुवा लगायत कर्मचारी व्यवस्थापन सम्बन्धी विवरण इन्ट्री हुने, सेवा सञ्चालन गर्ने मन्त्रालय तथा विभागबाट कर्मचारीका घटना सम्बन्धी विवरण समयमै प्राप्त गर्ने गराउने वातावरण तयार हुनुका साथै अभियानकै क्रममा गभरमेन्ट अफिस इन्टिग्रिटेड म्यानेजमेन्ट सिस्टम नामक अनलाइन प्रणालीको परीक्षण समेत गरिने कितावखानाले जनाएको छ ।

यस्तै अभिलेख अद्यावधिक गर्ने कार्यका लागि आवश्यकताअनुसार थप जनशक्ति अभिमुखीकरण सहित व्यवस्था गरिने, कार्य वातावरणमा सुधार ल्याई किताबखानाको असल पहिचानलाई प्रवर्द्धन गरिने, अभियान अन्तर्गत भए गरेका कामको विवरण हरेक शुक्रवार सार्वजनिक गरिने र वैयक्तिक विवरण अपडेटका लागि इमेल [email protected] मार्फत प्राप्त हुने आधिकारिक विवरणको आधारमा समेत विवरण अद्यावधिक गरिने जनाइएको छ ।

साथै कर्मचारी कार्यरत मन्त्रालय र किताबखानाको जनशक्ति सम्बन्धी विवरणमा एकरुपता ल्याउन सहयोगी हुने, कर्मचारीको सेवा, पद र सेवा सम्बन्धी विवरणलाई रियल टायम बनाउन सहयोगी हुने कितावखानाको दाबी छ ।